नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ ।

आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्छन् ।

शास्त्रीय मान्यताअनुसार दिदीबहिनीले भाइको पूजापाठ गर्दा ऐश्वर्य र सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा परेको छ। साइतमै टीका लगाउन उत्तम मानिए पनि आज दिनभर टीका लगाउन कुनै बाधा छैन ।

भाइटीका लगाईदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनु पर्ने बताईएको छ । दिदिबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाईले पनि दिदिबहिनीलाई टीका लगाई दक्षिणा र उपहार प्रदान गर्ने परम्परा रहेको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ७ गते बिहिवार