सल्यान – बागचौर नगरपालिका–७ टाट्के, सल्यानमा ‘बृहत खेलकुद पाैराणिक टाट्के मेला तथा प्रथम स्व. कबीराम खड्का कप–२०८२’ आयोजना हुने भएको छ । स्व. कबीराम खड्काको सम्झनामा आयोजना गर्न लागिएको प्रतियोगिता यही २०८२/०९/०७ गतेदेखि १० गतेसम्म हुने आयोजक साथिमाई इन्स्टिच्युट प्रा.लि. ले जनाएको छ ।
कार्यक्रम अन्तर्गत खुला वडा–स्तरीय पुरुष भलिबल प्रतियोगिता र निमा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने छन् ।
भलिबल प्रतियोगितामा पहिलो पुरस्कार: रु. २५,०००/–, कप, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार: रु. १५,०००/–, कप, मेडल र प्रमाणपत्र र तेस्रो पुरस्कार: रु. १०,०००/–, कप, मेडल र प्रमाणपत्र रहेको छ। जसकाे दर्ता शुल्क: रु. २,५००/– कायम गरिएको छ।
निमा.वि. स्तरीय हाजिरी जवाफमा पुरस्कार
पहिलो पुरस्कार: रु. २,५००/–, प्रमाणपत्र, दोस्रो पुरस्कार: रु. २,०००/–, प्रमाणपत्र र तेस्रो पुरस्कार: रु. १,५००/–, प्रमाणपत्र रहेको छ। जसकाे दर्ता शुल्क: रु. २५०/– कायम छ।
यसका साथै, उत्कृष्ट आमा समूहलाई रु. ५,००० पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
टिम दर्ता २०८२/०९/०७ गते बिहान ११ः०० बजेभित्र गर्नुपर्नेछ । सम्पर्क: 9842723785 मा गर्न सकिने आयाेजकले जनाएको छ। कार्यक्रम बाल कन्या मा.वि.को प्रांगण, बागचौर नगरपालिका–७ टाट्के, सल्यानमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी खेलाडीहरूले जन्मदर्ता र नागरिकताको फोटोकपी अनिवार्य रूपमा बुझाउनुपर्ने जनाइएको छ ।