सल्यानका एक जना रुकुमकाे जंगलमा मृत फेला परेका छन।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ३ स्थित सुकिदह जंगल क्षेत्र अर्थात झण्डा हान्ने भनेर चिनिने जंगलमा सल्यानको बागचौर नगरपालिका ४ का ३५ वर्षीय टेकबहादुर ओली मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए।
उनका अनुसार शव सजिलोसँग पहिचान लिन नसकिने अवस्था थियाे। शरिरकाे मांसपेशी सबै जंगली जनावरले खाएकाे र केही सडेकाे अवस्थामा हड्डिमात्रै रहेको थियाे। घटनाकाे जानकारी पछि घटनास्थलमै पुगेका प्रहरी निरीक्षक पुनले जनसहारा संग भने ` शवकाे पहिचान गर्न निकै कठिन थियाे, मासु जति सबै केही जनावरले खाएकाे जस्तो र केही सडेको समेत छ तर आफन्तले खाेजतलासी गरिरहेको हुदा कपडा र उनकाे पर्समा रहेको फाेटाेका आधारमा परिवारले सनाखत गर्नुभएको छ। ´ उनले भने।
प्रहरीले शव उठाउन निकै मेहनत गर्नुपरेकाे थियाे। घना जंगलमा सडेको अवस्थामा रहेको शवलाई उठाउने प्रयाप्त स्राेत साधन नहुदा मुस्किलले शव उठाइएकाे थियाे। शवकाे मुचुल्का तयार गरि पाेष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लिई आफ्नतकाे जिम्मा लगाउने तयारी रहेको प्रहरी निरीक्षक पुनले बताए। पारिवारिक स्रोतका अनुसार उनी झण्डै ४२ दिन अगाडि सल्यानकाे दार्मामा लाग्ने त्रिवेणी मेलाबाट बेपत्ता भएका थिए।