राेल्पा- गंगादेव गाउँपालिकाको केन्द्र परिवर्तनसम्बन्धी मुद्दामा गृह मन्त्रालयले स्पष्ट निर्देशन दिंदै गाउँपालिकाको नाम र प्रशासनिक कार्य पुरानै स्थानबाट संचालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयकाे शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जिल्ला प्रशासन कार्यालय रोल्पालाई पठाएको पत्रमा, केन्द्र परिवर्तनबारे सर्वोच्च अदालतमा दायर रिटको कारण कार्यान्वयन नगर्नुपर्ने उल्लेख गरिएको छ।
पत्रमा उल्लेख अनुसार रिट नम्बर ०७९–WO–०३३६ अन्तर्गत सर्वोच्च अदालतबाट २०७९ असार ३१ गतेसम्मका लागि स्थगन आदेश जारी भएकाले, केन्द्र परिवर्तनका निर्णयहरू तत्काल लागू नगर्न निर्देशन दिइएको हो।
यस्तै, २०७९ साउन २० गते नेपाल सरकारले गरेको निर्णय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७९ भदौ ६ गतेको पत्रका आधारमा पनि केन्द्र परिवर्तन नगरी गंगादेव गाउँपालिकाको कामकाज पुरानै स्थानबाट सञ्चालन गर्नुपर्ने गृह मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले यस विषयमा कुनै अन्य निर्णय नभएसम्म हालकै स्थिति कायम राख्न र प्रशासनिक काम पुरानै स्थानबाट सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ।