फागुन ३, सल्यान – राष्ट्रिय फोटो पत्रकार समुह नेपाल जिल्ला शाखा सल्यानको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार खलंगामा सम्पन्न अधिवेशनले अमृत बाबु बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रसिद्ध डाँगी, महिला उपाध्यक्षमा अभिला सिंह चयन भएका छन् । त्यस्तै, सचिवमा कुल बहादुर रेउले, खुला सह–सचिवमा कमल धिताल, समावेशी सह–सचिवमा भरत घर्ति, कोषाध्यक्षमा प्रदीप पुन चयन भएका छन् ।
सदस्यहरूमा रेमान्त बिक, नवीन डिसी, संगम राना, रुपलाल चलाउने, बिजय बस्नेत, जितेन्द्र महर्जन, विष्णु गौतम, संगम सुनार, सिर्जना बस्नेत रहेका छन्।
यस्तै सल्लाहकार समितिमा बामदेव के.सी, प्रतिक इच्छुक शर्मा, खकेन्द्र के.सी. र डिल्लीराज रावत चयन भएका छन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, सामुदायिक रेडियो प्रसारक संघ कर्णाली प्रदेशका अध्यक्ष प्रतिक शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका पूर्व अध्यक्ष शंकर के.सी, तथा प्रेस सेन्टर सल्यानकी अध्यक्ष सरिता चलाउने लगायतको उपस्थित रहेको थियो ।