माघ २७, सल्यान – नेपाल निजामती कर्मचारी युनियन सल्यानको अध्यक्षमा लिलाधर बबाल निर्वाचित भएका छन ।
२ दिन सम्म चलेको नवौं अधिवेशनबाट उनी सर्वसम्मत रुपमा दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन ।
अधिवेशनले खुला उपाध्यक्षमा राम बहादुर के सी, महिला उपाध्यक्षमा चन्द्रा देवकोटा, समावेशी उपाध्यक्ष पूर्ण बहादुर घर्ती र सचिवमा तारा बहादुर बस्नेतलाई निर्वाचित गरेको छ ।
त्यस्तै सह सचिवमा कमल चन्द र कोषाध्यक्षमा कमल बोहरा चयन भएका हुन ।
खुला सदस्यमा दिनेश चन्द, नन्दलाल के सी, नवीन प्रकाश हमाल, रमेश चन्द र सन्दिप शर्माका साथै महिला सदस्यमा राज कुमारी के सी र संगिता पौडेल रहेका छन ।
समावेशी सदस्यमा पदम बहादुर घर्ति र पदम बि क हुदा श्रेणीविहिन सदस्यमा दिनेश विष्ट र खकेन्द्र बहादुर खत्री निर्वाचित भएका छन ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा रविन्द्र विष्ट, प्रभात कुमार श्रेष्ठ, विरेन्द्र के सी, विशाल वली, छविलाल खड्का र मञ्जु डि.सी.का साथै आधिकारिक ट्रेड युनियनमा वीरेन्द्र हमालचयन भएका छन ।
अधिवेशनले पद्रेश प्रतिनिधि दिपक पुन, प्रकाश खडका, विरेन्द्र के सी, शिबराज गोसाई, नारायण खड्का र गीता पुनलाई चयन गरेको छ ।