दाङमा प्रहरीले करिब आधा किलो अवैध सुन र १ लाख रुपैयाँ भन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ मिलन चोक बस्ने २५ वर्षीय रञ्जित रसाइली रहेका छन् । उनलाई लु ४६ प ६१६१ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला घोराही–१५ ट्राफिक चोकबाट शुक्रबार बेलुकी ६ बजेतिर ४९७ ग्राम ४ मिलीग्राम सुन र एक लाख सात हजार आठ सय नगद पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।
उनी सुन तस्करीहरुकाे बीचमा भरियाको काम गर्ने ब्यक्तिको रूपमा विगतदेखि नै परिचालित रहेकाे प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले याे सुन बुटवलबाट ल्याएको समेत खुलेको छ।