माघ २९, दाङ – सामाजिक सञ्जाल विधेयक मानव अधिकार मैत्री बनाउन शान्ति समाज दाङद्वारा जिल्ला प्रशासनमा प्रदर्शन गरिएको छ ।

सामाजिक सञ्जाल विधेयकमा भएका संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न र सरोकारवालाहरुसँग व्यापक परामर्श गरि विधेयकलाई मानव अधिकार एवं प्रयोगकर्ता मैत्री बनाउन आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएकाे छ ।

शान्ति समाज दाङ शाखाले जिल्ला प्रशासन कार्यालय दाङका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी प्रशासकीय अधिकृत यम बहादुर बुढामगरलाई ज्ञापनपत्र बुझाएकाे हो । सो असरमा शान्ति समाजले शान्तिपुर्ण धर्ना प्रदर्शन समेत गरेको छ ।

शान्ति समाज दाङ शाखाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय दाङ मार्फत बुझाएकाे हो । प्रदर्शनमा केन्द्रीय सचिब तुल्सिराम सुनार, केन्द्रीय सदस्य निर्मला गौतम, दाङ शाखा सभापति कोमल डाँगी, उपसभापति अमृत प्रसाद शर्मा, सचिव माधब बस्नेत लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार