सल्यानको श्रीनगरमा जारी दोस्रो बृहत् सल्यान महोत्सव आगलागीबाट पुर्णरुपमा ध्वस्त भएको छ।
महोत्सवको आठौं दिन राति करिब ११ बजेतिर आगलागी सुरु भएको आगाे झण्डै तीन घण्टामा नियन्त्रणमा आएको र आगलागीबाट झण्डै ८०% सामान जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी सावित्रा थापाले बताइन।
महोत्सवमा १३८ स्टलहरू मध्ये ८० वटा स्टलहरु पुर्णरुपमा ध्वस्त भएका छन। व्यापारीहरू राति सुत्न बाहिर जाने गरेका थिए। रात्रिको समयमा रेखदेखको लागि मेलाका ठेकेदारका मानिसहरूका साथै प्रहरी पनि खटिँदै आएकाे भएपनि आगलागीकाे अहिलेसम्म एकिन कारण खुल्न नसके पनि मानवीय कमजोरीले आगलागी भएको अनुमान रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक केशव न्यौपानेले बताए।
महाेत्सव ठेकेदार निकट समूह, आयाेजक र प्रहरी समेत सुरक्षामा खटिएको हुदा बाह्य अन्य कारण भन्दा पनि महाेत्सव स्थलमा लिएको विद्युत् सर्ट भइ आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको र एक स्थानीय महिलाका अनुसार ५ जनाको समुहले महोत्सवको घेरबार देखि बाहिरबाट आगो फालेर भित्र सल्किएको बताएकी छन् । आफू महोत्सव नजिकैको घरको छतमा बसेको बेला बाहिरबाट ५ जना जति मान्छेले आगो सल्काएर भित्र फालेको उनले बताएकाे भए वास्तविक कारण भने अझै खुल्न नसकेको डिएसपी न्यौपानेले बताए
श्रीनगरमा माघ १८ गतेदेखि मेला जारी थियो। स्थानीयका अनुसार जारी मेला अवलोकनका लागि निकै कम दर्शकहरू जाने गरेका थिए। आज उक्त महाेत्सवकाे प्रमुख आकर्षकमा ज्याेति मगरकाे प्रस्तुति रहने कार्यतालिका थियाे।
आगलागीबाट पिडित व्यवसायीकहरुलाई राहतकाे जिम्मेवारी स्थानीय सरकार र आयोजकको रहने शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले बताए। यदि यो घटना काेहि कसैले घटाएकाे भए यो जघन्य अपराध भएको र अपराधीलाइ कानुनको दायरामा ल्याएर कारबाही गरिनु पर्ने र अपराधिले कुनै पनि बहानमा उन्मुक्ति नपाउने समेत बताएका छन। महाेत्सवमा अधिकांश व्यवसायी मधेसी र काठमाडौं लगाएत भारतीय समेत छन।
महाेत्सवकाे शारदा नगरपालिका संरक्षक रहेको र राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान सल्यान आयोजक रहेको छ।