माघ १३ गते आइतवार।बिहानै देखी मन हल्का भएको महसुस भएको थियो।कतिबेला सम्बन्धित ठाऊंमा पुगिएला भनेर हतार पनि थियो।
बिहान ८:४५ बजेमा गाडी चढ्यौं।
बाटोको खराबीका कारण हल्लेर बिजोग बनायो। तै पनि एकघण्टामा हामी काठमाण्डौ संगै अलौकिक सम्बन्धमा रहेको धादिङ जिल्लाको महादेव वेंशी पुग्यौं। चालिसेबाट सुरेश आचार्य सर पनि हामीसंगै यात्रामा जुट्नुभयो। महादेव वेशीबाट हामी उद्धव खतिवडालाई भेटेर अटोमा माथी लाग्यौं। पक्की बाटोमा त रमाइलो लागेको थियो जब अफरोड बाटो आयो सातै उडिराखेको थियो। अटोमा सुरेश सर,सिता, राजन त्रिपाठी,ईन्दिरा त्रिपाठी(मेरा सम्धीसम्धिनी)र ड्राइवर दाई थियौं। जब ड्राइवर दाईले अफरोड अटो पुर्याउनु भयो तब मेरो मनमा धादिङका नेताहरूप्रति भयंकर रीस उठ्यो। देशको केन्द्रिय राजधानीसंग अंगालो मारीबसेको जिल्ला,पृथ्वी राजमार्गले पहिचान दिएको जिल्ला,ती पहाडका टाकुराहरूले बिकासको कथा सुनाइरहन्छन्।यताउता नजर डुल्दा कानमा ति अभिशप्त कुइनेटाहरूले हामी रित्ता भयौं,तिम्रो आगमनको प्रतिक्षामा छौं भनेर बोलाइरहेको सुन्थें सायद मेरो मनले प्रकृतिसंग सुटुक्क गफ गर्दै थियो।प्राकृतिक रूपमा अलौकिक सुन्दरता पाएको जिल्ला हो यो।वारीपारी आकाश चुम्ने पहाड बिचमा खोला खहरे,वनजंगलको त अलौकिक वरदान पाएको ठाऊं।प्राकृतिक तथा मानव निर्मित चीजहरू अवलोकन गर्न सरकारले ठाऊंठाऊंमा करोडौं रकम खर्चेर भ्यूटावर निर्माण गरेको छ।तर यो जिल्लामा त प्रकृतिले आंफै अग्ला अग्ला सुन्दर भ्युटावर निर्माण गरिदिएको छ।नजिकको तिर्थ हेलां जस्तो पो भएको छ यो जिल्ला ।
अटोमा बसेर प्राकृतिक सुन्दरताको रसपान गर्दै,बयान गर्दै गैरीगाऊंतिर तेर्सियौं।धादिंग जील्ला धुनीवेशी न पा.वडा नं ६ निवासी सुरेश आचार्य त्यहाका जल्दाबल्दा जनप्रिय नेता हुनुहुन्छ।बिशेष गरी उहांले शोषितपिडित,दमित,भुईंमान्छेहरूको आवाज बोल्नुहुन्छ।तिनै निम्न वर्गका मानिस हुन् या अन्य समस्याले पिडित सहयोगका लागि जतिबेला पनि हाजिर हुनुहुन्छ।एक किसिमले उहां धादिंगे जनताको ढुकढुकी नै हो।यीनै समाजसेवीका साथ गफिंदै हामी गैरीगाऊं पुग्यौं।धन्न प्रभू बचायौ भन्दै।
खासमा हामी त्यहा जानुको उद्धेश्य घुम्नु मात्रै थिएन।गत श्रावणमा मेरी सासुआमा खिनकुमारी काफ्ले(नीलकण्ठ काफ्लेकी आमा)परलोक हुनुभएको।सासुआमाले एकबर्ष अगाडी यसै जिल्लामा केहि दान गरेर आउनुभएको र चारधाम गरेजत्तिकै सन्तुष्टि मिल्यो भनेकोले पनि मैले एउटा सानो उद्धेश्य पूरा गर्न यसै जिल्लालाई रोजें।जिल्ला रोजे पनि ठाऊं रोज्न मैले सुरेश आचार्य सरलाई जिम्मा दिएकी थिएं।यसभन्दा अगाडी पनि उहांको सहयोगमा यसै गैरीगाऊंस्थित बाराही आधारभूत बिद्यालयका छात्र प्रदिप थापालाई दुईपल्ट सहयोग गरिसकेकी थिएं।एकपल्ट सासुआमाको इच्छाअनुसार सृजना चापागाईं धुनीवेशी न पा वडा नं ६ मेडमको पनि सल्लाहमा उक्त स्थानमा केही बृद्ध तथा असहाय आमाहरूलाई सानो सहयोग गरीसकेकी थिएं।
एकपल्ट उडुवा प्रा वि मा मैले एकजना चेपांग बालिकालाई मेरो छोराको जन्मोत्सवको अवसरमा केही सहयोग गरेकी थिएं।त्यति बेला पनि सुरेश सरकै पहलमा हामी गएका थियौं।त्यहाका तत्कालिन वडाध्यक्ष रामकुमार बस्नेत ज्युले अवष्मरणिय सम्मान गर्नुभएको थियो।उहांको आतिथ्यताका लागि फेरी पनि आभार ब्यक्त गर्न चाहान्छु।यसपाली सासुआमाको नाम यस्तो ठाऊंमा लिइयोस् जहां निस्वार्थ मायाको खानी छ।जहां सहयोगको सम्मान गरिन्छ भनेर फेरी यसै बिद्यालय रोजाईमा पर्यो।
हामी गैरीगाऊं स्थित बाराही स्कूलमा पुग्यौं।हामीले सामान्यतया गाऊंघरको र गाऊंले मान्छेलाई तल्लो कोटीबाट हेर्ने गर्छौं।जुन अत्यन्त निक्रिष्ट आंखा हुन्।मधु गजुरेल सरले आजको खाना खाने ब्यावस्था मिलाउनु भएको थियो।स्कूलको केही तल भगवान खतिवडा दाईको घर रहेछ।उहांकै घरमा आतिथ्यता ग्रहण गर्ने सुअवसर मिल्यो।जीन्दगीमा यस्तो न्यानो र मिठो आतिथ्यता मेरो लागि नविन नै थियो।माइली खतिवडा दिदीले मकैको ढिंडोसंगै बिभिन्न परिकारले हाम्रो स्वागत गर्नुभयो।आहा त्यो आतिथ्यता।मधु सर,भगवान दाई र माइली दिदीलाई मुटुभरीको माया छ।
खाना खाइवरी हामी फेरी स्कूलतर्फ लाग्यौं।अरू दुईपल्टको कार्यक्रममा वडाध्यक्ष युवराज खतिवडाले पूरा साथ दिनुभएको थियो।यसपाली केही महत्वपूर्ण कामले गर्दा धेरै समय साथ नरहे पनि आफ्नो जिम्मेवारी बखुबी निभाउनुभयो।पदीय जिम्मेवारी पूरा गर्न र मेरो कार्यकालमा केही गर्छु,मेरो ठाऊं,मेरो गाऊंलाई उजेलो पार्छु भनेर जिम्मेवारी लिएका यस्ता युवाहरू देशको आवस्यकता हुन्।म उहांको प्रशंसक हुं किनकी उनी निस्वार्थ सेवामा खटिने युवा हुन्।
कार्यक्रम तेजराज वस्ती सरले शुरू गर्नुभयो।शिक्षक,बिद्यार्थी,समाजसेवी सबैको सामुन्ने सासुआमाको नाममा एउटा सानो रकमको अक्षयकोषको लागि रकम प्र अ सुमित्रा सुवेदी तथा बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष उद्दव खतिवडालाई हस्तान्तरण गरियो।त्यो बेला मन यति फुरूंग थियो कि सायद स्वर्गबाट सासुआमाले हेरेर मुस्तुराएको जस्तो भान भएको थियो।कार्यक्रममा बोल्ने सबैले उहांको आत्माको चिरशान्तिको कामना गरिदिनुभयो।उहांहरूप्रति आभार ब्यक्त गर्दछु।
मैले आजसम्म कुनै सहयोग गर्दा मेरा आफन्त इष्टमित्रहरूको धन्यवादको ओइरो लाग्यो।मसंगै जानुभएका मेरा आफन्तहरू पनि अति नै खुशी हुनुभयो।कार्यक्रम सकेर हामी पांचजना-म,बैनी सिता,सम्धी राजन,सम्धिनी इन्दिरा र सुरेश सर ओरालो लाग्यौं।आजको दिन पून्यको दिन रह्यो।
मानविय सेवामा सहयोग गर्ने सम्पूर्ण प्रति हार्दिक आभार।यस सहयोगमा मेरो सिंगो परिवार(नीलकण्ठ काफ्ले,छोरी भावना काफ्ले भट्टराई,छोरा नितिश काफ्ले,स्वप्निल काफ्ले,बुहारीहरू अस्मिता सुवेदी काफ्ले,सिमोन त्रिपाठी काफ्ले,ज्वाईं विपिन भट्टराई र नाती फियोर्ड के भट्टराई सबैको देन छ।
स्व. खिनकुमारी काफ्ले स्मृति अक्षयकोष
रू.५००००/-अक्षरेपी पचास हजार मात्र।
सम्पूर्ण बिद्यालय परिवारप्रति अनुग्रहित छौं।