सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुख राजकुमार थापा पक्राउ परेका छन।
उनीसहितकाे समूहमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।
सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
उनलाई पक्राउ गर्न आइतबार बिहानै प्रहरी उनकाे निवासमा पुगेर बाहिर अलर्टपछि पक्राउ गरिएको थियाे।