फागुन ५, सल्यान – नेपाल विद्यार्थी संघ सल्यान जनकल्याण क्याम्पस थारमारेको अध्यक्षमा पहलमान खड्का चयन भएका छन ।

नेपाल विद्यार्थी संघ ईकाइ सभापति प्रशान्त डाँगीको अध्यक्षता र जिल्ला कार्यसमिति सल्यानका अध्यक्ष केशव डाँगीको प्रमखु आतिथ्यतामा जनकल्याण क्याम्पस थारमारेमा १९ सदस्यीय कार्यसमिति गठन भएको हो ।
जसमा उपाध्यक्ष फलेन्द्र पुरी, राजेश गिरी, सचिवमा टिकाराम विक, शिव पुरी, सह-सचिवमा बुनु गौतम, वविता डि.सी., कोषाध्यक्षमा राधा वली चयन भएका छन ।
यस्तै सदस्यहरुमा बिमला वली, लक्ष्मी डाँगी, राजु के.सी. र निसा वली रहेका छन ।
अध्यक्ष खड्काले थोपा थोपा जोडेर समुन्द्र बन्ने अभियानमा नेविसंघ लागेको बताउँदै प्राप्त जिम्मेवारीको वहन गहन रुपमा गर्ने र नेविसंघ प्रति सधैं क्रियासिल रहि अरुलाई नि प्रेरित गर्ने जनाए ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार