मंसिर २८, सल्यान- नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा डिल्लीराज रावत निर्वाचित भएका छन ।
शुक्रबार सम्पन्न निर्वाचनमा रावत नेतृत्वको पुरै प्यानल विजयी भएको हो ।
रावत ३५ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी तिलकराज ओलीले २५ मत ल्याएका छन । ओलीलाई १० मतले पछि पार्दै रावत निर्वाचित भएका हुन । यस्तै खुला उपाध्यक्षमा ३६ मत ल्याएर शिवलाल डाँगी निर्वाचित हुँदा प्रत्यासी सन्तोष घर्तीले २६, सचिवमा वुद्धिमान पुनले ३४ मत ल्याएर निर्वाचित भएका छन भने उनको प्रतिस्पर्धी सञ्जिव देवकोटाले २६, सह सचिव पदमा इन्द्र बहादुर बुढाथोकीले ३९ मत ल्याएर निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी उत्तर कुमार शाहुले २१, समावेशी सह सचिव पदमा ३२ मत ल्याएर खेमराज स्वर्णकार निर्वाचित हुँदा प्रत्यासी चुडामणी पुनले २८ मत प्राप्त गरेका छन ।
यस्तै कोषाध्यक्ष पदमा खगेन्द्र केसीले ३७ मत ल्याएर निर्वाचित भएका छन । उनका प्रत्यासी आशिष केसीले २३ मत ल्याएका छन ।
खुला सदस्य तर्फ महेश कुमार वली ४१, नविन रावत ३५, अमृत कुमार बुढाथोकी ४९, लिला कुमारी वली ३७ मत ल्याएर निर्वाचित हुँदा अमृत प्रसाद शर्माले २२ र प्रशिद्ध डाँगीले ३२ मत प्राप्त गरेका छन ।
यस्तै केन्द्रीय परिषद् सदस्य खुला तर्फ टिकाराम भण्डारी ३९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रत्यासी मिन कुमार रेग्मीले १८ मत पाएका छन ।
त्यस्तै अध्यक्ष रावतको प्यानल अन्तर्गत नै महिला उपाध्यक्ष पदमा पुष्पा रिजन डि.सी., सदस्य महिला करेश्मा गिरी, सदस्य समावेशी अपांग रामप्रसाद शर्मा, केन्द्रीय परिषद् सदस्य (समावेशी) अस्मिता गिरी, प्रदेश परिषद् सदस्य खुल्ला जित प्रसाद आचार्य, प्रदेश परिषद् सदस्य समावेशी रन्जिता चन्द, प्रदेश परिषद् सदस्य समावेशी खिमा बोहरा, प्रदेश परिषद् सदस्य समावेशी अपांग गोपाल शर्मा साथै प्रेस युनियन र चौतारीबाट प्रदेश परिषद् सदस्य नोखिराम थापा निर्विरोध निर्वाचित भएका हुन ।
सल्यानमा भएको पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन, चौतारी र प्रेस सेन्टरबाट असन्तुष्ट भएको टिमको गठबन्धबाट तिलकराज वलीले अध्यक्षमा उम्मेदवारी दिएका थिए भने प्रेस सेन्टर, समाजबादी प्रेस संगठन र जनपत्रकार संगठन नेपालको गठबन्धनबाट प्रेस सेन्टरका डिल्लीराज रावतले उम्मेदवारी दिएका थिए ।