नेपाली कांग्रेस राेल्पाकाे लेटरप्याड र छाप नक्कली बनाई दुरुपयोग भइरहेको खुलेको छ।

नक्कली द्वन्द्व पीडितको नाममा फाइदा लिने गरी कांग्रेस जिल्ला कार्यसमिति रोल्पा र विभिन्न तहको नक्ली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी आफू कांग्रेसको सदस्य भएको तथा कांग्रेसको गतिविधिमा संलग्न भएको कारण माओवादी कार्यकर्ताले दु:ख र धम्की दिएकाले नेपालमा बस्न नसक्ने भन्दै अमेरिका लगायतका देशमा आउनुपरेको भनी सिफारिस बनाएको र बनाउने प्रक्रियामा रहेको बुझिएको कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले बताए।

नक्कली सिफारिस बनाइएका वा प्रक्रिया अघि बढाइएकाहरूको विवरणहरू पत्ता लगाई सम्बन्धित देशमा रहेको नेपाली राजदुतावास लगाएत कुटनैतिक पहलबाट त्यस्ता गतिविधि गर्नेलाई आवश्यक कारबाही थाल्ने एक विज्ञप्ति मार्फत सभापति आचार्यले बताएका छन।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधवार