माघ १९ काठमाडौ – नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मानिएको मलेसियाका गृहमन्त्री दातुक सेरी सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि बिहीबार बेलुका काठमाडौ आउदै छन।

गृहमन्त्री सैफुद्दिन बेलुका करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनका समकक्षी नेपालमा गृहमन्त्री भने रिक्त छ।

भ्रमणका क्रममा गृहमन्त्रीले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने पहिलो कार्यक्रम तय गरिएको छ। भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ ।

५ दिन अघि मात्रै नेपाली राज दुतावास मलेसियाका राजदूत डिल्लीराज पौडेल र मलेसियाका गृहमन्त्री इस्माइलसँग उनकैको कार्यकक्ष पुत्रजयामा भेट गरी मलेसियामा कार्यरत नेपाली नागरिकको आपसी हित र हितका विषयमा छलफलका साथै नेपाल भ्रमणका लागि राजदुत पौडेलले निम्तो समेत दिएका थिए। भ्रमण सम्पन्न गरी उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार