पुुस १३ सर्लाही – इश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले प्रहरीको भ्यानमा आगजनी गरेका छन्।

इश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको बा १ झ ७४८२ नम्बरको भ्यानकाे ठक्करबाट आइतबार बेलुका ९ बजेतिर इश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो।

साेमबार   प्रहरी र स्थानीय बासीबीच झडप भएको थियो। उद्योग वाणिज्य संघ इश्वरपुरले पनि विराेध स्वरुप बजार बन्द गराएकाे छ। आक्राेशित स्थानीयले इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुङ्गा मुढा समेत गरेका छन।

भिड नियन्त्रण लिने क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन। तर अहिलेसम्म दुर्घटना बारे प्रहरीले आफ्नाे प्रतिक्रिया जनाएको छैन। स्थानीय र व्यापारीहरुले सडका टायर जलाएर विराेध गरि रहेका छन।

अहिले स्थानीय र व्यापारीहरु छलफल भन्दा पनि आक्रमण गर्ने गरि प्रहरी माथि आइलाग्न थालेपछि छलफलकाे वातावरण नभएको र आक्राेशितहरुकाे भिड व्यवस्थापन गरेर पिडितले न्याय पाउने गरि अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार