पुस १३ राेल्पा – नेपाली कांग्रेस रोल्पाका उपसभापति हरीबहादुर पुन र सचिव शेर बहादुर थापा सवार रहेको मोटरसाइकलमा अज्ञात समुहद्वारा आगजनी भएकाे छ।

गंगादेव गाउँपालिका वडा नं. ५ घरेली स्थित नदु डाँगीको घरमा उपसभापति पुन र सचिव थापा बसेकाे घरमा पार्किङ गरि राखेको रा ५ प ९५२१ नम्बरको माेटरसाइकलमा साेमबार बेलुका करिब ९:४५ बजेतिर आगजनी भएकाे सचिव थापाले बताए।

उपसभापति पुन र सचिव थापा गंगादेव गाउँपालिकाको ४ गैरानेटा निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य गण बहादुर डागीकाे दुर्घटना परि मृत्यु भएकाे थियाे। स्वर्गीय डागीकाे शाेकसभाका लागि र अन्य वडाहरुमा पनि पार्टीकै कामकाे लागि हिडेका थिए।

माेटरसाइकलमा लगाइएको आगाेबाट घरमा पनि क्षति पुगेकाे थापाले बताएका छन।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार