बैशाख ७ पर्सा – महिलाहरुलाई विभिन्न प्रलोभनमा पारि भारतकाे मुम्बई स्थित बेश्यालयमा बेच्ने एक जनालाई ३२ वर्षपछि प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा साविक ठोरी गा.वि.स.वडा नं.९ हाल उदयपुर कटारी नगरपालिका वडा नं.३ का ५७ वर्षिय विष्णु बहादुर थापा रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ।

थापाले २०४६।०५।१८ गते प्राप्त जाहेरी अनुसार २ जना महिलालाई भारत, मुम्बईको कोठीमा लगी बिक्री गरेको आराेप छ। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट `जीउ मास्ने बेच्ने´ मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजनपछि पर्सा जिल्ला अदालतबाट २०६१।१२।१४ गते भएको फैसला अनुसार कसूर ठहर भई १० वर्ष कैद र रू.२५,०००।– जरिवाना सजाँय तोकिए देखि हालसम्म थापा फरार रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

प्रहरीलाई थापा उनकै गाउँमा लुकिछिपि बसेकाे विशेष सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गतको फरार कसूरदार पक्राउ टोलीले बुधबार उनि बसिरहेको स्थानबाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाएकाे प्रहरी नायव उपरीक्षक खनालले बताए।

प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार