चैत २०, सल्यान – जिल्लाको बागचौर नगरपालिकामा सुनौला हजार दिनका आमाहरूलाई पौष्टिक आहारा वितरण गरिएको छ ।
बागचौर नगरपालिका वडा नं. ७ मा रहेको कोटबारा स्वास्थ्य चौकि र वडा नं. १० को पिपलनेटा स्वास्थ्य चौकीमा सुनौला हजार दिनका आमाहरुलाई आज एक कार्यक्रमकाबिच नगर प्रमुख लोकमान बुढाथोकीले सर्वोत्तम पौष्टिक आहारा पिठो वितरण गरेका छन ।
उक्त पौष्टिक आहारा वितरण गर्दै नगर प्रमुख बुढाथोकीले ६ महिना देखि २३ महिनासम्मका १००० दिनका आमाहरुलाई सर्वोत्तम पोसिलो पिठो वितरणले हरेक सुनौला हजार दिनका आमासँगै बच्चाहरुको शारीरिक अवस्था मजबुत बनाउन सहयोग गर्ने बताएका छन । उनले आफू निर्वाचित भएयता बागचौर नगरपालिकाले सबै समुहका घाईते, अपांग, सहिद, बेपत्ता, जेष्ठ नागरिकहरुलाई विभिन्न शिर्षकमा बजेट विनियोजित गर्दै आएको बताउँदै यसतर्फ पनि ध्यान दिएको बताए । साथै नगरपालिकाका १२ वटै वडाका स्वास्थ्य चौकीबाट उक्त पौष्टिक आहारा वितरण गरिने बताएका छन ।
आज वितरण गरिएको दुईवटा स्वास्थ्य चौकीमा १८२ जना आमाहरुलाई ४४६ प्याकेट सर्वोत्तम पिठो कोटबारा स्वास्थ्य चौकीमा र पिपलनेटा स्वास्थ्य चौकीमा ८० जना आमाहरुलाई १६० प्याकेट पौष्टिक पिठो वितरण गरिएको छ ।
हरेक आमाले पाउनै पर्ने पौष्टिक आहार पाएपछि सुनौला हजार दिनका आमाहरुले बागचौर सरकारका प्रमुखलाई धन्यवाद समेत प्रकट गरेका छन् । सर्वोत्तम पिठो वितरण कार्यक्रमका लागि बागचौर नगरपालिकाले आर्थिक सहयोग गरेको छ भने यसको सहजीकरण सुआहारा कार्यक्रम र स्वास्थ चौकि कोटबारा र पिपलनेटाले गरेका हुन ।