चैत १३ सल्यान – वि.स २०५० सालमा शिलान्यास भएको सुर्खेत र सल्यान जाेडने सल्यान त्रिवेणी गाउँपालिकाकाे लुहाम-काभ्रा-कालिमाटी गाउँपालिका हुँदै सुर्खेत जाेड्ने सडक खण्ड २८ वर्षपछि संचालनमा आएकाे छ ।

आइतबार कर्णाली प्रदेशका पुर्व आर्थिक याेजना मन्त्री तथा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्रीका राजनितीक सल्लाहकार भीमप्रकाश शर्माले संयुक्त रुपमा उक्त सडक खण्डको उद्घाटन गरे संगै सडक संचालनमा आएकाे छ ।

अब त्रिवेणी र कालिमाटी गाउँपालिका पनि याे सडक संजालबाट जाेडिएका छन। याे सडक संचालनमा आएसंगै पुर्वी र उत्तरी भु-भागका सल्यानीहरुका लागि प्रदेश राजधानी सुर्खेत पुग्न छाेटाे मार्गकाे रुपमा पनि याे रुट रहने भएको छ ।

सडक उदघाटन कार्यक्रम बाेल्दै पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनाेद पुनले करिब १५ कराेड बढी बजेटमा अहिले ग्राभेलिङकाे काम भैरहेकाे र लुहामबाट ११ किलाेमिटर अगाडि तर्फकाे भाग कालाेपत्रेका लागि ३५ कराेडकाे ठेक्का सम्झौता भैसकेकाे समेत बताए ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार