चैत १०, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ८ को वडा कार्यालयसँगै तेस्रो वडाध्यक्षकप खेलकुद प्रतियोगिता नगर प्रमुख लोकमान बुढाथोकीद्वारा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले वडा कार्यालय निर्माणका निम्ति जग्गा दान गरेर नगरपालिकाको नाममा पास गरेकोमा वडाध्यक्ष लगायत तिनै जना जग्दादातालाई विशेष धन्यवाद दिदै अन्य जनप्रतिनिधिहरुले पनि यस्ता खालका उदाहरणीय कामको सिको गर्न आग्रह गरेका छन ।
उनले तेस्रो वडाध्यक्षकप खेलकुद प्रतियोगिता उद्घाटन गर्दै खेल राष्ट्रका लागि गौरवको कुरा भएको भन्दै व्यक्तिको शारीरिक स्वस्थताका लागि पनि महत्त्वपूर्ण भएको बताएका छन । उनले विधि र सिस्टममा चल्ने हो भने हरेक घर, परिवार, समाज सुदृढ हुन्छ भने यो कुरा खेलमा पनि लागू गर्ने हो भने हरेक प्रतियोगितात्मक कार्यक्रम सभ्य र भब्य ढङ्गले सम्पन्न हुने कुरा बताउँदै खेलाडीहरुलाई नि अनुशासित तरिकाले खेल खेल्न अनुरोध गरेका छन ।
उनले ८ नं. वडा आफ्नो जन्मभूमि भएको बताउँदै आफू भाषणमा मात्रै सिमित हुने नेता भएको भए सायद सबै काम यहि वडामा मात्रै गरेको छु भन्थे होला तर आफू अरु जस्तै आफ्नो ठाउँमा मात्रै विकास गर्ने जनप्रतिनिधि नभएको र १२ वटै वडामा सन्तुलित तरिकाले विकास गरेको दाबि गरेका छन ।
यस्तै कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष रोमु शाहीले आफ्नो मुमा सुन्तला कुमारीको शाहीको स्मृतिमा ३ रोपनी जग्गा, तारादेव नेपालीले १ रोपनी जग्गा, ओमप्रकाश गिरीले १ रोपनी जग्गा कार्यालय निर्माण लागि आफुहरुले किनेर दिएको जग्गाको लालपुर्जा नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष एवम् वडाध्यक्ष रोमु शाहीले ५ वर्षको कार्यकालमा वडामा भएका सम्पुर्ण कामहरुको विवरण पेश गरेका थिए । उनले यो ५ वर्षको अवधिमा साविकका सबै वडाहरुमा समानान्तर तरिकाले विकास निर्माणका कामहरु गरेको बताएका छन ।
शाहीले विभिन्न सामाजिक कार्यहरुमा आफुले व्यक्तिगत लगानी गर्दै आएको र ८ नं. वडा कार्यालय भवन बनाउनका लागि आफू लगायत केही साथीहरूले जग्गा किनेर दान गरेको बताउँदै यसलाई पनि एक ऐतिहासिक काममा रुपमा लिन र भावि पिढीहरुलाई नि हामीले के लिने मात्रै हैन राज्यलाई के दिने भन्ने उर्जा थप्न आग्रह गरेका छन । उनले जनताको सेवाको लागि अहोरात्र खटिएर काम गरिरहेको र सत्ताबाट बाहिर भए पनि निरन्तर सहयोग गर्ने समेत बताए ।
त्यस्तै कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, विद्यालयका प्र.अ.हरु, पत्रकार, आमा समुहरु, खेलाडीहरु, विद्यार्थीहरु उपस्थिति रहेको थियो । साथै कार्यक्रममा कालिका माविका प्र.अ. खुमराज केसी र ईलाका स्वास्थ्य चौकी कोटमौलाका ईन्चार्ज दिपेन्द्र गिरीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य महिला सदस्य कल्पना शर्माले राखेकी थिईन भने कार्यक्रमको सहजीकरण नवीन शाहीले गरेका थिए । चैत १२ गतेसम्म संचालन हुने वडा अध्यक्ष कप प्रतियोगितामा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने वडा अध्यक्ष रोमु शाहीले जानकारी दिएका छन ।