फागुन ३०, सल्यान – बागचौर नगरपालिकाले पाँच वर्षको अवधिमा सम्पन्न गरेका र हुँदै गरेका विकास योजनाहरुको प्रारम्भिक विवरण सार्वजनिक गर्नेक्रममा वडा नं.१२ को विवरण पनि सार्वजनिक गरेको छ ।

पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण सम्पन्न भएका र निर्माण हुने क्रममा रहेका विकास योजनाहरुको प्रारम्भिक विवरण अनुसार वडा नं. १२ को कुल जम्मा विनियोजित बजेट रकम १२ करोड ९२ लाख ७७ हजार रहेको नगरपालिकाले जानकारी दिएको छ ।
उक्त निर्माण सम्पन्न र निर्माण हुदै गरेका योजनाहरुको विवरण निम्नअनुसार रहेको छ :-

सडक पुर्वाधार विकास तर्फ :-
१) खौला, दोभान, डाँडागाउँ, सुकिदह सडक स्तर उन्नति तथा मर्मत (क्रमागत) १ करोड ६९ लाख, स्थानीय सरकार र प्रदेश सरकार साझेदारी ।
२) रचने खोली, सिद्ध मन्दिर, ठुली पोखरी, सुकिदह सडक निर्माण (क्रमागत) १८ लाख, स्थानीय सरकार ।
३) काफलनेटी सडक निर्माण (क्रमागत) २१ लाख, स्थानीय सरकार ।
४) दोभान, बल्लेजुरा, पात्लेडाँडा सडक निर्माण (क्रमागत) १३ लाख, स्थानीय सरकार ।
५) गैरनेटा, पाखापानी, ठारपरे, सिमगैरी सडक निर्माण १० लाख
६) भालुकोट, घारीघर, डाँडागाउँ सडक निर्माण ५ लाख ।
७) दोभान, जंगले सडक निर्माण ३ लाख ।
८) बगर, डाँडागाउँ, सुकिदह सडक निर्माण (क्रमागत) ५ लाख ५० हजार ।
९) सुकिदह, बगर सडक निर्माण ४ लाख ।
१०) दोभान, बगर, ओख्रेनी, दर्का सडक निर्माण (क्रमागत) ४६ लाख ९१ हजार, स्थानीय सरकार, प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
११) दोभान बजार रातामाटा सडक मर्मत १२ लाख, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
१२) दोभान बजार ढल निकास ५ लाख ।
१३) वडा नं. १२ का सम्पूर्ण सडक मर्मत (क्रमागत) १२ लाख ।
१४) मुख्य सडक मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) क्रमागत ११ लाख ८० हजार ।

सडक पुर्वाधार विकास तर्फ जम्मा रु.३ करोड ३५ लाख ७१ हजार ।

खानेपानी तर्फ :-
१) सिम, दहरखोला खानेपानी योजना ४० लाख, प्रदेश सरकार ।
२) ओख्रेनी खानेपानी योजना ७ लाख ५० हजार ।
३) मोख्या गोठाइनी खानेपानी ७ लाख, स्थानीय सरकार ।
४) बेतेनी डाँडागाउँ खानेपानी योजना ७ लाख ।
५) मेचकारे खोली दमार, स्यानाघर खानेपानी निर्माण २ लाख ५० हजार ।
६) दल्लुखोला बेतेनी धारापाखा अध्येरे खानेपानी निर्माण ३ लाख, स्थानीय सरकार ।
७) अध्येरे, थारपाखा खानेपानी ट्यांकी निर्माण तथा मर्मत ३ लाख ।
८) मोख्या गोठाइनी तरले खोली खानेपानी ३ लाख ।
९) मालहुने बल्लेजुरा खानेपानी योजना ३ लाख ।
१०) सिमपानी सिमगैरी खानेपानी योजना १ लाख ५० हजार
११) पातलेडाँडा देउपुरी मावि खानेपानी मर्मत ७ लाख ।
१२) दोभान बजार खानेपानी तथा प्रतिक्षालय निर्माण ७ लाख ।
१३) बसारे खानेपानी योजना २ लाख ५० हजार ।
१४) भालुकोट खानेपानी योजना ३ लाख ।
१५) रिठुगा ठुलाघर, स्यानाघर १ लाख ५० हजार ।

खानेपानी तर्फ जम्मा रु.९८ लाख ५० हजार ।

विद्युत लाइन विस्तार तर्फ :-
१) लौराबाङ, पानीढल, दोभान बजार विद्युत विस्तार (ट्रान्सर्फमर सहित) २८ लाख २५ हजार, स्थानीय सरकार ।
२) दोभान, बगर, ओख्रेनी विद्युत लाइन विस्तार ४५ लाख, प्रदेश समपुरक अनुदान । (कार्यान्वयन हुन बाँकी)
३) साविक वडा नं. १ र २ मा विद्युत विस्तार १० लाख, स्थानीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
४) लौराबाङ, पानीढल, दोभान बजार, पानीचौर, पातिहाल्ना विद्युत लाइन विस्तार ७५ लाख, प्रदेश सरकार ।
५) बिजय लघु जलविद्युत मर्मत २ लाख, स्थानीय सरकार ।

विद्युत लाइन विस्तार तर्फ जम्मा रु.१ करोड ६० लाख २५ हजार ।

शिक्षा तर्फ :-
१) श्री दुर्गा सरस्वती मावि बाफुखोला
i) चारकोठे पक्की भवनको दोस्रो तलाको बाँकी काम १८ लाख, संघीय सरकार (जिल्ला शिक्षा कार्यालय) ।
ii) फिल्ड निर्माण ३ लाख, स्थानीय सरकार ।
iii) दुई कोठे भवन निर्माण ७ लाख ८४ हजार, स्थानीय सरकार ।
iv) दुई कोठे भवनको तला थप १८ लाख, स्थानीय सरकार ।
v) ICT lab निर्माण तथा खरिद ६ लाख ५० हजार ।
vi) कार्यालय व्यवस्थापन (क्रमागत) ५ लाख, स्थानीय सरकार ।
vii) डिजिटल बोर्ड, प्रोजेक्टर, सिसि टिभी, क्यामरा लगायतका सामाग्री खरिद ६ लाख ५० हजार, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ।
viii) दुई कोठे भवन तला थप १८ लाख ५० हजार, स्थानीय सरकार ।
ix) शिक्षण सहयोग अनुदान १२ लाख ४८ हजार, स्थानीय सरकार । (निर्माणको क्रममा रहेकोे)
x) घेराबार तथा फिल्ड, प्याराफिट, गेट निर्माण १९ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।

२) श्री बालकल्याण आवि दहरखोला
i) दुई कोठे भवन निर्माण १६ लाख, स्थानीय सरकार ।
ii) दुई कोठे भवन निर्माण १८ लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम । (कार्यान्वयन हुन बाँकी)
iii) कम्प्युटर खरिद १ लाख ।
iv) शौचालय मर्मत, फर्निचर खरिद १ लाख ५० हजार ।
v) शिक्षण सहयोग अनुदान ७ लाख ५७ हजार ।
vi) सोलार पावर जडान (१ हजार वाट) २ लाख, वैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रम ।

३) श्री गाउँवेशी जनजागरण आवि पानीढल
i) फिल्ड निर्माण २ लाख ५० हजार ।
ii) शौचालय निर्माण तथा फर्निचर खरिद ३ लाख ५० हजार ।
iii) शिक्षण सहयोग अनुदान ९ लाख ३३ हजार ।

४) श्री जनहित आवि चौपारी
i) घेराबार, वाल तथा भवन मर्मत (क्रमागत) ५ लाख ।
ii) भवन निर्माण ४० लाख, प्रदेश सरकार (कार्यान्वयनको क्रममा रहेको)
iii) शिक्षण सहयोग अनुदान ७ लाख ५० हजार ।
iv) १ प्रावि तहको राहत कोटा आन्तरिक दरबन्दी मिलान बाट थप गरिएको ।
v) सोलार पावर जडान (१ हजार वाट) २ लाख, वैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रम ।

५) श्री बाल जागृत आवि ओख्रेनी
i) घेराबार, फर्निचर खरिद तथा शौचालय मर्मत २ लाख ५० हजार ।
ii) नगर बालविकास अनुदान कोटा थप गरिएको ।

शिक्षा तर्फ जम्मा रु.२ करोड २८ लाख १५ हजार ।

स्वास्थ्य तथा सरसफाइ तर्फ :-
१) स्वास्थ्य चौकी बाफुखोला भवन निर्माण २ करोड २० लाख, संघीय सरकार ।
२) शौचालय, खानेपानी निर्माण १७ लाख ६० हजार, स्वच्छता परियोजना ।
३) स्वास्थ्य व्यवस्थापन अनुदान (क्रमागत) ६ लाख ।
४) स्याउली बजार शौचालय निर्माण १ लाख ५० हजार ।
५) बगर बजार शौचालय निर्माण १ लाख ५० हजार ।
६) १००० दिनका आमाहरूलाई कोसेली कार्यक्रम ५० हजार ।
स्वास्थ्य तथा सरसफाइ तर्फ जम्मा रु.२ करोड ४७ लाख १० हजार ।

कृषि तथा पशुपालन तर्फ :-
१) बिउबिजन वितरण, क्षमता अभिवृद्धि तालिम ३ लाख ५० हजार ।
२) कृषि औजार वितरण, प्लास्टिक घर निर्माण र रिजर्भ ट्यांकी निर्माण (क्रमागत) ४० लाख, प्रदेश सरकार ।
३) भैंसीको भकारो सुधार अनुदान (५ वटा) १ लाख ।
४) बाख्राको खोर निर्माण अनुदान (३ वटा फर्म) ३ लाख ।
५) सिँचाइ पोखरी निर्माण अनुदान (२ वटा) २ लाख ।

कृषि तथा पशुपालन तर्फ जम्मा रु.४९ लाख ५० हजार ।

पर्यटन प्रवर्द्धन तर्फ :-
१) बिजय धुरी पदमार्ग निर्माण (क्रमागत) ६४ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय सरकार साझेदारी । (कार्यान्वयन क्रममा रहेको)

पर्यटन प्रवर्द्धन तर्फ जम्मा रु. ६४ लाख ।

सल्याब पुल तथा गोरेटो बाटो निर्माण तर्फ :-
१) ओख्रेनी खोला सल्याब पुल निर्माण १ लाख ५० हजार ।
२) दोभान सल्याब पुल १ लाख ५० हजार ।
३) पातलेडाँडा सल्याब पुल १ लाख ५० हजार ।
४) बगर बजार सल्याब पुल १ लाख ५० हजार ।
५) सिमगैरी सल्याब पुल १ लाख ५० हजार ।
६) स्याउली बजार, भालुकोट, सुकिदह गोरेटो बाटो निर्माण ९ लाख १९ हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम । (कार्यान्वयन हुन बाँकी)
७) देउपुरीडाँडा, अग्लाधुरी, सुकिदह गोरेटो बाटो निर्माण ९ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम । (कार्यान्वयन हुन बाँकी)

सल्याब पुल तथा गोरेटो बाटो निर्माण तर्फ जम्मा रु. २५ लाख ६९ हजार ।

अन्य विविध तर्फ :-
१) वडा कार्यालय भवन तथा शौचालय निर्माण (क्रमागत) १४ लाख ।
२) लक्षित वर्गका लागि सिपमुलक तालीम (सिलाईकटाई, माला बनाई) ३ लाख ।
३) आमा समुहहरुलाई प्रोत्साहन तथा खेलकुद प्रतियोगिता (क्रमागत) १ लाख ।
४) सूचना प्रविधि तथा डिजिटल वडा कार्यक्रम १ लाख ५० हजार ।
५) कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन १ लाख । कार्यान्वयनको क्रममा रहेको ।
६) वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता (क्रमागत) ९ लाख ।
७) बगर बजार, दोभान, बजार र दहरखोला बजार तटबन्ध निर्माण ४५ लाख, प्रदेश सरकार ।
८) शिक्षक क्षमता अभिवृद्धि तालिम १ लाख ।
९) रिचार्ज पोखरी निर्माण (६२ वटा) ८ लाख ३७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम । कार्यान्वयनको क्रममा रहेको ।

अन्य विविध तर्फ जम्मा रु. ८३ लाख ८७ हजार ।

बागचौर नगरपालिकाले १२ वटै वडाका ५ वर्षिय प्रारम्भिक विकास योजनाहरु क्रमागत रुपमा सार्वजनिक गरिरहेको र अब वडा नं. २, ८ र ९ को मात्रै बाँकी रहेको सुचना अधिकारी तिर्थराज डाँगीले जानकारी दिएका छन ।

यश अघि नगरपालिकाले वडा नं.१, ३, ४, ५, ६, ७, १० र ११ को ५ वर्षिय प्रारम्भिक विकास योजनाहरु सार्वजनिक गरिसकेको छ जसलाई तपाईहरुले बागचौर नगरपालिकाको फेसबुक पेज र यहि जनसहारा अनलाइनमा पढ्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार