सामान्यतया साधारण क्रियाकलापमा अस्त व्यस्त रहि दैनिकी गुजारिरहेको तथा साझबिहान हातमुख जोडनका लागि दैनिक ज्याला मजदुरि गर्नै पर्ने बाध्यात्मक अवस्थामा रहेका ती श्रमजीवीहरुलाइ अङ्कित गर्दै कोरिएको ती हरफको याद आउछ”नगरी काम पुग्दैन खाना साझ र बिहान”किताबका अक्षरहरुमा मात्र देखिएका यी हरफहरु आज प्रत्यक्ष रुपमा नाङ्गो आखाले नियाली रहदा खोलाको डिलमा रहेको त्यो सानो त्रिपालको छाप्रो मुनि भोकले छटपटाइ रहेको बालक अनि ऐया पेट दुख्यो भन्दै गुन्द्रीमा पल्टिरहेकी नानी छोराछोरीको भोक मेटाउन जेनतेन महाजनको घरमा हारगुहार गर्दै खाना जुटाउन गएकी आमा साझको छाक टार्ने भन्दै ज्यालाको खोजिमा निस्किएका बुवा एकैचोटि बेलुका भेट हुन्छ ।

त्यो छाक त जेनतेन टर्यो होला तर,बन्द हर्ताल बेला कसरी टार्छन होला ? लकडाउनको समयमा कसरी बाचिरहेको होलान ? निषेधाज्ञालाई कसरी पालन गरिरहेका होलान ? प्रतिरोधात्मक क्षमता कसरी बढाइ रहेका होलान ? यस्तै यावत प्रश्नको जवाफदेही काे हुन्छ होला?

राजनिनिक आर्थिक सामाजिक शैक्षिक तथा वातावरणिय लगाएतका सम्पुर्ण पक्ष क्षेत्र वर्ग बाट बहिष्कृत उनिहरु कयौं व्यक्ति कैयौं क्षेत्रबाट अपहेलित र शोषित भएका होलान ? कति प्राकृतिक विपत्तिको सामना गरेका होलान ? कती असहजता थेग्न परेको होला ? उनीहरुका पनि केही सपना थिए होला ? उनीहरुको पनि सहज जीवनयापन बिताउन चाहान्छ्न होला ? उनिहरुले पनि खाली पेट भर्न चाहान्छ्न होला ? उनिहरुलाइ नै प्रतिनिधित्व गरेर गएका महाजनहरुलाइ उनिहरुको के वास्ता हुन्थ्यो र राज्य सत्तामा उनिहरुको के सुनुवाइ हुन्थ्यो र विशिष्ट ओहदाबाट दिएका आश्वासनले खाली पेट के भरिन्थ्यो र समावेशीकरण आरक्षण सकारात्मक विभेद जस्ता पक्षहरुले उनिहरुलाइ के पत्याउथे होला र सामाजिक न्याय र समता जस्ता विषयले उनिहरुलाइ कसरी खोज्न सक्थे होला र  ?

सामाजिक सद्द्भाव नागरिक स्वतन्त्रता मानव अधिकारको विषयले उनिहरुलाइ कसरी स्विकार गर्थ्यो होला र ? समृद्धि र सुखको नाराले कसरी प्रभाव पार्थ्योहोला र ?आपत र विपतमा साथ कसले दिन्थ्योहोला र ? आँसु भित्रका आशा र पसिना भित्रको लगावले केही सम्भावनको दियो जलिरहने छ । हृदय बिदारक दृष्ठान्तहरुतर्फ सम्बन्धित निकाएको ध्यान केन्द्रित बनोस । यो अवस्थामा यथासिघ्र राज्यको मजदुरहरु तर्फ ध्यान गइ सक्दो सहयोग सदभाव सहायता राहत उपलब्ध गराइ “कोहि भोकै बस्नु पर्दैन, भोकले कोहि मर्दैन” भन्ने नाराले सार्थकता पाओस् । वास्तवमा हुदा खादाको जीवन चुनौतीको पहाड र हुनेखानेको जीवन अवसरको बगैंचा हुनेरहेछ । त्यसैले सबैमा चुनौतीसंग जुट्ने साहस समस्या समाधान गर्ने आट पैदा भइ संविधानका धाराहरुबाट उनिहरुका लागि पनि आशाको पानी चुहियोस ।

अर्जुन वलि त्रिवेणि गाउपालिका १० पश्चिम रुकुमका हुन ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार