भाद्र २८ दाङ – जिल्लाकाे घाेराही उपमहानगरपालिका वडा नः १५ आदर्श टाेलकी एक महिलाले प्रहरी हवल्दारलाई चक्कु प्रहार गरेकी छिन । महिला साेहि टाेल स्थित सुर्खेती होटलकी सञ्चालिका रहेकाे बताइएको छ । हाेटल संचालिका ४० वर्षीया इन्द्रा थापाले वडा प्रहरी कार्यालय लमही दाङमा कार्यरत ३७ वर्षीय प्रहरी हवल्दार खड्क बहादुर खत्रीलाई चक्कु प्रहार गरेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार शनिबार बेलुका करिब ६ बजेतिर आफ्नै होटलमा बोलाएर थापाले भित्र लगेर चक्कु प्रहार गरेको बताएका छन । चक्कु प्रहारबाट खत्रीलाई टाउको, नाक र ढाडमा चोट लागी घाइते भएका छन्।
घाइते प्रहरी हवल्दार खत्रीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको र चक्कु प्रहार गर्ने थापालाई चक्कुसहित नियन्त्रणमा लिई जिप्रका दाङमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बैदवारले बताए ।