फागुन ८ भैरहवा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने प्रतिबद्धता जनाएका छन।

शनिबार विमानस्थलकाे क्यालिब्रेसन फ्लाइट अनुगमन गर्न भैरहवा पुगेका मन्त्री आलेले १५ गतेसम्म यान्त्रिक परीक्षण उडान गर्न सुरु गरिएको र त्यसको रिपोर्ट आउन सामान्यतया ५६ दिन लाग्ने भए पनि आफूले विमानस्थल आयोजना तथा परीक्षण गरिरहेकाे एरो थाई कम्पनीका परियोजना निर्देशक र नेपाल स्थितका प्रतिनिधिलाई अहोरात्र खटेर ४२ दिनमै रिपोर्ट पेश गर्न निर्देशन दिएकाे र साेहि अनुसार काम भए नेपाल एयरलाइन्सको ध्वजावाहक विमान वाइडबडीबाट वैशाख १ गतेबाट नियमित उडान गरिने बताएका हुन।

यसअघि विमानस्थलकाे क्यालिब्रेसन फ्लाइट परीक्षण फागुन १५ बाट सुरु गर्ने भनिए पनि विभिन्न निकायसंगकाे सहकार्य र छलफलबाट त्याे मितिमा परीक्षण सम्पन्न हुन लागेकाे हुदा जसरी पनि वैशाख १ मा अन्तर्राष्ट्रिय रुपमा नियमित उडान गराउन सफल हुने दावी समेत गरेका छन। विमानस्थलकाे बाँकी काम मध्ये दोस्रो चरण अन्तर्गत बन्ने दोस्रो टर्मिनल भवनका लागि छिटै टेण्डर प्रक्रिया अगाडि बढ्ने र त्याे बारे अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराईसकेकाे समेत मन्त्री आलेले बताएका छन।

एराे थाइकाे जहाज मार्फत शुक्रबार देखि फागुन १५ गते सम्मकाे लागि क्यालिब्रेसन फ्लाईट परीक्षण भइरहेकाे छ। परिक्षण अवधि भित्र आन्तरिक उडानहरू बिहान १० बजे देखि बेलुका ४ बजेसम्म बन्द र १० बजे अघि र ४ बजे पछि भने नियमित समय तालिका अनुसार उडानहरु भइरहेका छन।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार