फागुन १ काठमाडौं – निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनकाे लागि तिव्र रुपमा आफ्नो गृहकार्य गरिरहेकाे छ।

अब आयोगले दैनिक रुपमा गरेका गतिविधि बारे आज आइतबार देखि प्रत्येक दिन सञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन गर्ने आयाेगले जनाएको छ।

निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्वन्धीत अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले प्रवक्ता र सहायक प्रवक्ताकाे उपस्थितिमा ‘प्रेस मिट’ गर्न लागिएको उपसचिव कमल ज्ञवालीद्वारा हस्ताक्षर सुचना शुक्रबार नै आयाेगले सार्वजनिक गरिसकेको छ।

आयोगकाे दैनिक रुपमा हुने प्रेस मिटमा उपस्थितिका लागि सबै सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार