माघ २७ कञ्चनपुर – नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनले जनकारबाही भन्दै वडा अध्यक्षलाई कार्यकक्ष भित्रै कालाे माेसाे दलेकाे छ।

नेकपा निकट युवा संगठन नेपालले बिहीबार एक विज्ञप्ति सार्वजनिक दिउसाे बेलडाँडी गाउँपालिका–२ का वडा अध्यक्ष प्रेम खातीलाई कालाे मोसो दलेका हुन् ।

वडा अध्यक्ष खातीले वडा कार्यालय र गाउँपालिकामा धेरै अनियमितता गरेकाे, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, विभिन्न याेजनामा अनियमितता गरेकाे, उपभोक्ता समितिद्धारा आफु अनुकुल काम गरेकाे, गाउँपालिका कार्यालयको पछाडी रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमिता गरेको, ग्राईभल फालेर सडकमा समेत आर्थिक अनियमितता गरेको विज्ञप्तिमा उल्लेख गरेकाे छ।

विप्लव नेतृत्व नेकपा र यसका भातृ संगठनहरुले भ्रष्टाचार गरेकाे भन्दै कर्मचारी तथा जनप्रतिनिधिहरुलाई जनकारबाही भन्दै देशका विभिन्न ठाउँका कर्मचारी र जनप्रतिनिधि माथि कालाे माेसाे दल्ने र जुत्ताको माला लगाउने गर्दै आएका छन।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार