माघ १० सल्यान – पछिल्लो समय सल्यानमा काेभिडबाट कर्मचारी संक्रमित हुन थालेपछि विभिन्न कार्यालय तथा स्थानीय तहहरु धमाधम बन्द हुन थालेका छन। पालिकामा कार्यरत कर्मचारीहरुमा काेराेना संक्रमण देखिएपछि सल्यानका दुईवटा स्थानीय तह बन्द भएका छन्।

साेमबार कर्मचारीहरुलाइ काेराेना देखिएपछि शारदा नगरपालिकामा कार्यरत ७ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि माघ ११ देखि १५ गतेसम्मका लागि बन्द हुने भएकाे छ । तर नगरपालिका बाट अत्यावश्यक र वडाबाट हुँदै आएका सेवाहरु भने यथावत रुपमा संचालन हुने नगरपालिकाले सार्वजनिक गरेकाे सुचनामा उल्लेख छ।

त्यसैगरी कालिमाटी गाउँपालिका पनि आइतबार देखि नै माघ १३ गतेसम्म भइसकेको छ। उक्त पालिकाले शुक्रबार नै एक सुचना सार्वजनिक गर्दै जानकारी गराएको थियाे।

कालीमाटी गाउँपालिका सम्बन्धि याे पढनुस् कर्मचारीमा काेभिड संक्रमण देखिएपछि कालीमाटी गाउँपालिका ५ दिनका लागि बन्द

मालपाेत कार्यालय सल्यानले पनि कार्यालयका केही कर्मचारीहरुमा काेराेना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक अन्य सेवाहरु आइतबार देखि माघ १३ गतेसम्मका लागि कार्यालय बन्द गरिएको जनाएकाे थियाे ।

मालपोत कार्यालय सम्बन्धि याे पढनुस् मालपोत सल्यानका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार