माघ ९, सल्यान – सल्यानमा मालपोत कार्यालयको सेवा ४ दिनका लागि बन्द गरिएको छ ।

कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा नयाँ भेरियन्ट सहितको कोरोना सक्रमण देखा परेपछि सेवा बन्द गरिएको हो ।

आज कार्यालयले एक सूचना जारी गर्दै सेवा प्रवाहमा समस्या भएकाले माघ १० देखि १३ गते सम्मका लागि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार