माघ ७ सल्यान – कर्णाली प्रदेश अन्तर्गतको कालिमाटी गाउँपालिका पाँच दिनका लागी बन्द हुने भएकाे छ।

शुक्रबार गाउँपालिकाले एक सुचना सार्वजनिक गर्दै पालिकामा कार्यरत केहि कर्मचारीहरुमा कोभिड संक्रमण देखिए पछि माघ ९ गतेबाट लागू हुनेगरी पाँच दिन लागि गाउँपालिका बन्द गरिने बताएको छ।

गाउँपालिका अन्तर्गतका सम्पुर्ण निकायहरु,शैक्षिक संस्था, बैंक वितिय संघसस्था तथा सहकारी संस्थाहरुमा प्रदान हुने अत्यावश्यक सेवा बाहेक अन्य कामकाजहरु बन्द गरिने सुचनामा उल्लेख छ।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार