माघ १० राेल्पा – नेपाल शिक्षक संघ सुनछहरी गाउँपालिका राेल्पाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकाे निर्देशन स्थानीय तहले कार्यन्वयन नगरेकाे भन्दै आपत्ति जनाएको छ।

साेमबार संघले एक ध्यानाकर्षण पत्र मार्फत काेभिड १९ काे राेकथामकाे गत माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने मन्त्रालयकाे निर्देशन स्थानिय सरकारले अस्विकार गरेकाे प्रति आफ्नाे ध्यानाकर्षण भएकाे जनाएको छ।

मन्त्रालयकाे उक्त निर्देशन अवज्ञा गर्दा अहिले सुनछहरी गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत कतिपय शिक्षकहरु संक्रमित भइसकेको हुदा तत्काल विकल्प खाेज्न र स्वास्थ्य मापदण्ड अवलम्बन सम्बन्धि ध्यान दिन भन्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ।

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार