माघ १० दाङ – कैद भुक्तान गरिरहेका कारागार बाट फरार रहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा गत पुस ८ गते उपचारकाे लागि अस्पताल गएपछि त्यहिबाट प्रहरीकाे माेटरसाइकल लिएर फरार भएका २९ वर्षिय यमराज परियार रहेका छन।

२०७२ भदौ १६ गते देखि जिल्ला कारागार कार्यालय घोराही दाङमा कर्तब्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय भई सोही कारागारमाबाट ७ वर्ष कैद भुक्तान गरी सोही कारागारमा पहिला चौकीदार र हाल नाईके भई कामकाज गर्दै आएका दाङ साबिक बेला गा.बि.स.वडा नं.९ करङ्गा हाल राजपुर गाउँपालिका वडा नं.३ बस्ने परियार २०७८ पुस ८ गते बिहान करिब ११:०० बजेको समयमा छाला सम्बन्धि बिरामी भई उपचारको लागी जाने क्रममा घोराही बजारको बि.पी.चोक स्थित रहेको थकाली भान्सा घर एण्ड लजमा गई खाजा खाने क्रममा उनकाे उपचारको लागि अस्पताल ल्याउन/ लैजान भनी खटिएका प्रहरी जवान धन बहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाईकल लिई फरार भएका थिए।

उनि फरार प्रकरण पछि जिल्ला प्रहरी कार्यालय दाङमा गठित छानबिन तथा खोजतलास समितिका संयोजक र OPERATION YANKEE कमाण्डर तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले तालुक प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत भारतीय प्रहरी समकक्षीहरु संगको समन्वयमा खोजतलास गर्ने क्रममा मिति साेमबार नेपाल भारतको सिमा क्षेत्र बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१५ जमुनाह नाकाबाट फरार कैदी परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीमाथि अहिले थप अनुसन्धान भइरहेको अब उनी माथि कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैद म्याद ताेकिएको कैदी भागेमा पक्रिए पछी बाँकी कैदको डेढी बढाई कैद सजायको ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार