पुुस १९ रुकुम (पश्चिम) – गत शुक्रबार राति श्रीमान श्रीमती संगै रहेकाे काेठामा झुन्डिएकाे अवस्थामा मृत परेकि महिलाकाे श्रीमानले घाँटी थिचेर हत्या गरि झुण्ड्याएको प्रहरी अनुसन्धानबाट पुष्टि भएकाे छ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९ पिपलनेटाकि २६ वर्षीय कमला खनालको उनकै श्रीमान २५ वर्षीया दिपक खनाल भनिने दलजित खनालले हत्या गरेको पुष्टि भएकाे जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले जनाएको छ।

मृतक कमलाकाे शव आफ्नै सुत्ने कोठामा सलले झुन्डिएको अवस्थामा फेला परेको थियो । उनिसंगै श्रीमान दलजित र चार महिने छोरा थिए। एकाएक दलजितले श्रीमती झुन्डिएको खबर परिवारलाई गरेपछि जिल्ला प्रहरी कार्यालयमा खबर पाएपछि जिल्ला प्रहरी कार्याल रुकुम (पश्चिम) बाट प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मी सहित गएकाे SOCO काे टाेलीले दलजितलाई शनिबार पक्राउ गरि अनुसन्धान गर्दै आएकाे थियाे।

अनुसन्धानको क्रममा दलजितले सामान्य विवाद बढ्दै जाँदा आफैले श्रीमतीको घाँटी थिचि हत्या गरेको स्वीकार गरिसकेको र थप अनुसन्धानकाे लागि जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख प्रहरी उपरीक्षक धुर्व कुमार शर्माले बताए।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार