मंसिर २५ मकवानपुर – लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

शनिबार मध्याह्न करिब १२ बजे ६ ग्राम ४८० मिलिग्राम लागुऔषध खैरो हेराेइन जस्तो देखिने पदार्थ सहित हेटौडा उप-महानगरपालिका १५ रातोमाटे चेकप्वाईन्टमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाच गर्ने क्रममा बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ५ ख ४८०२ नं. को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार चितवन रत्ननगर नगरपालिका वडा नं. २ टाँडी बस्ने ५२ वर्षिया नारायण खड्कालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नं. ११ सहिद स्मारक गेट नजिक शंकास्पद रुपमा हिंडिरहेका चितवन राप्ती नगरपालिका वडा नं. ७ का ३५ वर्षिया अर्जुन अधिकारीलाई चेकजाँच गर्दा उनकाे साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम २०० मिलिग्राम फेला पारि पक्राउ गरिएको हाे।

त्यस्तै उता ४५ किलो लागुऔषध गाँजा पनि नियन्त्रणमा लिएकाे मकवानपुर प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका ६:४५ बजेतिर मकवनापुर राक्सिराङ गा.पा.३ कठारी स्थित भित्री सडक खण्डमा लागुऔषध गाँजा ओसारपसार भईरहेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको संयुक्त प्रहरी टोलीलाई देखेर गाँजेको बोरा बोकी हिडेका अज्ञात दुई जना ब्यक्तिले बोरा त्यहि छाेडेर भागेकोमा उक्त दुई वटा बोरा खोलि चेकजाँच गर्दा लागुऔषध गाँजा ४५ किलो फेला परेको हुँदा उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अगाडी बढाईएको र पहिचान नखुलेका फरार ब्यक्तिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार