मंसिर १० सल्यान – हत्या गरि शव आधा जलाएकाे अवस्थामा एकजनाको शव फेला परेकाे छ।
शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटका ३३ वर्षीय शेर बहादुर चन्दको शव आधा जलेको अवस्थामा आफ्नै घर नजिक भेटिएको हाे। घटनामा संलग्न रहेकाे आसङकामा दुई महिलालाई पक्राउ गरेकाे र पक्राउ परेका दुवै महिलाले हत्या स्विकार गरिसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घटनास्थलकाे अनुसन्धान गर्दा हत्या गरेर प्रमाण नष्ट गर्नकाे लागि मृतक सुतेकाे ओछ्यान सहित शवलाई घर नजिक रहेकाे बाँस घारिमा जलाउने प्रयास गरिएकाे र आधा जलेको शव त्यहि छाेडि दुवै महिला भाग्ने याेजना बनाएकाे खुलेकाे छ । यद्यपि अझै घटना के कारणले घटेकाे भन्ने एकिन नभएकाे हुदा अनुसन्धानकाे क्रममै रहेकाे प्रहरीले बताएको छ।