मंसिर १० काठमाडौ – आफ्नै मामाको हत्या गर्ने भान्जा पक्राउ पक्राउ परेका छन।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका -४ स्थायी घर भएका आफ्नै मामा संग बस्ने १९ वर्षिय मिलन लुङगेनी रहेका छन। बुधबार राती करिब ९ बजे तिर धादिङ थाक्रे गाउँपालिका वडा नं. ४ धैरेनी स्थायी घर भई काठमाडौ चन्द्रागिरी नगरपालिका ५ किसिपिडी बस्ने ३९ वर्षिय आफ्नै मामा राजु पुलामी मगरलाई कुटपिट गरि फरार रहेका मगरलाई उनकै गाउँ थाक्रेबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

भान्जकाे कुटपिटबाट घाइते भएका मामाकाे उपचारको क्रममा बिहीबार मृत्यु भइसकेकाे छ। पक्राउ परेका भान्ज माथि आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त थानकोट पठाईएको महाशाखाले बताएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार