मंसिर ८ काठमाडौ – अन्तर व्यवस्थापिका संघ (आई पी यू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्पेन प्रस्थान गरेका छन।

सभामुख नेतृत्वको प्रतिनिधिमण्डल बुधवार बेलुका ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यस तर्फ प्रस्थान गरेको हो । सभामुख नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई रहेका छन।

यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखज्यूको प्रमुख स्वकिय सचिव अर्जुन खत्री के.सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी पनि सहभागी छन ।

अन्तर व्यवस्थापिका संघ (आई पी यू) र स्पेनको संसदको आयोजनामा मंसिर १० देखि १४ सम्म स्पेनको म्याड्रिडमा आई पी यूको १४३ औं सम्मेलनमा “Contemporary Challenge to Democracy: Overcoming Division and Building Community” शीर्षकमा सभामुखले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । यसैगरी २८ नोभेम्बरमा स्पेनको म्याड्रिडमा आयोजना हुने Meeting of the Parliamentary Network of the Non-Aligned Movement मा सभामुख सापकोटाले भागलिई बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी प्रतिनिधिमण्डल मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम समय तालिका छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार