कार्तिक १९ सल्यान  – रोकिरहेको बसको छतबाट खसेर सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा नं.३ फलाटेका एक पुरुषकाे मृत्यु भएको छ ।

सिद्ध कुमाख गाउँपालिका वडा नं.३ फलाटेका ३४ वर्षिय रबिन्द्र बोहरा रोकिराखेको मिनिबसको छतबाट आफ्नो सामान निकाल्ने क्रममा बसको छतबाट खसेर घाईते भएका र बोहराको उपचारको क्रममा नेपालगन्ज लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहिबार बेलुका ६ बजे सल्यानको श्रीनगर देखि सल्यानको छापगाउँ तर्फ जाँदै गरेको नं. ५ ख २७९३ नम्बरको मिनिबसको छतबाट बोहरा खसेका थिए । आफ्नो सामान निकाल्न छतमा गएका बोहरा लडेर घाईते भएपछि श्रीनगर स्थित कर्णाली अस्पताल ल्याईएको थियो ।

उनको टाउको, छातीमा चोट लागेको र थप उपचारको लागि नेपालगञ्ज रिफर गर लैजादै गर्दा बोहराको स्वास्थ्य अवस्था गम्भिर भएपछि प्रादेशिक अस्पताल तुलसीपुरमा चेक गर्दा उनको मृत्यु भैसकेको प्रहरीले बताएको छ ।

प्रहरीले बस र चालक सल्यानको शारदा नगरपालिका वडा नं. ६ बरला निवासी शशिराम बुढाथोकीलाई नियन्त्रण लिएको साथै बोहराको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १९ गते शुक्रवार