दाङबाट रोल्पाका लागि छुटेको यात्रुबहाक जिप दुर्घटनामा परेको छ।

दाङको घाेराहीबाट राेल्पाकाे तालाबाङका लागि छुटेको लु १ ज ३६१४ नम्बरको १४ जना सवार फोर्स गाडी राेल्पाकाे माडी गाउँपालिका -२ व्याङखोलामा दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय घर्तिगाउमा कार्यरत प्रहरी जवान कमलेश यादव, रोल्पा माडी गाउपालिका वडा नं.-१ आरलनेटा बस्ने बर्ष ४२ को तिलराम खत्री, माडी- ३ दारेकाटना बस्ने बर्ष ५५ को कमल वली, बर्ष ६० की कौशिला वली, परिवर्तन गाँउपलिका वडा नं.३ बागमारा बस्ने बर्ष २५ कि पवित्रा रोकामगर उनका श्रीमान बर्ष ३१ को भिमसेन रोकालाई जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक राेहित कुमार शाहीले बताए। यी घाइतेहरुकाे अवस्था अलि गम्भीर रहेकाले जिल्ला अस्पताल पठाइएको हाे।

त्यस्तै सामान्य घाइतेमा माडी- ३ तालाबाङ बस्ने बर्ष २६ कि रेजिना रामिजाल, बर्ष १४ कि पुर्णकला बि.क, बर्ष १७ की शर्मिला बि.क, बर्ष १८ की एलिशा घर्तिमगर, बर्ष १७ को मनोज बि.क, बर्ष १४ क नबिन बि.क., माडी -५ भावाङ बस्ने बर्ष २० को बिबेक घर्तिमगरकाे माडी- २ घर्तिगाउ स्थित स्मृति हस्पिटलमा उपचार भइरहेको छ।

गाडी दुर्घटना भएको साेहि गाडीमा सवार यात्रुले प्रहरीलाई फाेन मार्फत जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी निरीक्षक देवसिंह भण्डारीको कमाण्डमा १० जनाको प्रहरी टोलि घटनास्थलमा पुगेर घाईतेहरुलाई उद्दार गरेकाे थियाे।

गाडी सडकबाट करिब ३० मिटर तल खसेको छ। गाडी चालक रोल्पा नगरपालिका -७ दाङवाङ बस्ने बर्ष २७ को होम नारायण बि.कलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहीले बताए।

तस्बिर : बुद्धिमान वली/ राेल्पा

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार