रुकुममा ट्याक्टर दुर्घटना हुदा चालककाे मृत्यु भएको छ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडक खण्डमा आज अपराह्न ४ बजेतिर झुल्नेटा बजारबाट खुम्चेरीतर्फ किराना सामान लिएर जाँदै गरेको लु प्र ०१–००१ प ७८७ नम्बरको ट्याक्टर आज अपराह्न करिब ४ बजे सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

दुर्घटनामा ट्याक्टर चालक सल्यानको दार्मा गाउँपालिका–५ का अन्दाजी २७ वर्षीय बुद्धिमान ओलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रवार