सल्यानमा विवाहका लागि जन्ती जाँदै गरेको गाडी दुर्घटना हुदा १२ जना घाइते भएका छन।
शारदा नगरपालिका १० भागाचौर देखि थापाचौर तर्फ बिवाहको लागि जन्ती जादै गरेको लु.प्र.०२-००१ ज.००२१ नम्बरको जिप वडा नम्बर ९ ज्वालापुरमा बिहीबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परि घाइते मध्ये २ जनाकाे अवस्था गम्भीर छ । उनिहरु भाँगाचौर निवासी बर्ष ६० की गुमी कवर र बर्ष १४ की सोभा कवर हुन। दुर्घटनामा परि अन्य घाइतेमा २४ वर्षका दुलाह चेतराम गिरी, २० वर्षीया दुलही कमला गिरी, बर्ष १४ की हरीकला कवर, वर्ष १८ का प्रबिन कवर, बर्ष १४ की रेनुका कवर, बर्ष १७ का हेमराज कवर, बर्ष २६ की कुमारी बुढाथोकी, बर्ष ४२ की प्रमिला गिरी, बर्ष १५ की बिमला गिरी र बर्ष ३३ का रुपराल गिरी छन। उनिहरुको जिल्ला अस्पतालमा सल्यानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनिहरुकने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेम बहादुर केसीले बताए।
जिप अनियन्त्रित भई सडक देखि करिब २०० मिटर तल खसेकाे थियाे। घटनास्थलमा सल्यान प्रहरी प्रमुख डिएसपी डा. के.सीकाे कमाण्डमा ट्राफिक सहित १२ जनाको प्रहरी टोली खटिई उद्दार गरेको थियाे। गाडी चालक फरार भएको र खाेजिकार्य भइरहेको प्रहरीले जनाएको छ।