तुलसीपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन।

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ का ४६ बर्षीय देवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

शनिबार बेलुका करिब साढे ७ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको लु.प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका –१८ दुधरास नजिकै आपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य बहादुर रानाले बताए।

मृत्यु भएका चौधरी लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक हुन। दुर्घटना हुदा उनकाे खुट्टा फ्याक्चर भएको र टाउकोमा गहिरो चाेट थियाे। उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लिएकोमा उपचारकै क्रममा गएराती मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताए।

यसैगरी लु.प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका –५ निवासी २७ बर्षीय नवराज पौडेल र सोही मोटरसाइकलमा पछाडी सवार बाराकाे बिश्रामपुर गाउँपालिका–२ घरभई हाल तुलसीपुर–५ मा बस्दै आएका १८ बर्षीय रोशन पण्डित घाइते भएका छन् । घाइतेमध्य राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पश्चात रोशन पण्डित डिस्चार्ज भइसेको र नवराज पौडेललाई थप उपचारका लागी अर्को हस्पीटलमा पठाइएको छ । मृतक चौधरीको शव पोष्टमार्टमका लागी अस्पतालको शवगृहमा राखिएको प्रहरी निरीक्षक रानाले बताए।

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतवार