कार्तिक १०, सल्यान – छत्रेश्वरी गाउँपालिका–६, शिवगुफामा आइतबार राति फोर्स गाडी दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।
घाइते हुनेहरुमा रुकुम पश्चिम सानिभेरी गाउँपालिका ११ का ४० वर्षीय डिल्ली बहादुर खत्री, ५२ वर्षीय भिम बहादुर डाँगी, ४८ वर्षीय बिर बहादुर खड्का र उनकी श्रीमती ४८ वर्षीय धनसरी खड्का साथै सल्यान दार्मा गाउँपालिका -२ का जनक देवकोटा रहेको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०७०६ नम्बरको फोर्स जीप राति करिब ११:५५ बजे अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार घाइते पाँचै जनालाई उपचारका लागि शारदा मेट्रो अस्पताल श्रीनगर पुर्याइएको थियो । उनीहरू सबैको अवस्था सामान्य रहेको र सोमबार राति १:२५ बजे अस्पतालले डिस्चार्ज गरेको छ ।
जीप चालक रुकुम पश्चिम सानिभेरी गाउँपालिका–८ का २३ वर्षीय दीपक केसी नियन्त्रणमा रहेका छन् ।