चालक अनुमतिपत्र (लाइसेन्स) नभएको छोरालाई मोटरसाइकल चलाउन दिने आमा पक्राउ परेकि छन।
शनिबार दिउँसो दाङकाे तुलसीपुर उपमहानगरपालिका–१९ बासगढीमा पैदल हिडीरहेकी स्थानिय ६५ बर्षीया गौमती रोकालाई रा ५ प २६७८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भिर घाइते भएकी रोकाको उपचारको क्रममा मृत्यु भएपछि रोकालाई ठक्कर दिने मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–७ का १६ वर्षका लक्ष्मण भुसाल र उनकि आमा मिना भुसाललाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
दुर्घटना भए लगत्तै छाेरा लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिईसकेकाे थियाे माेटरसाइकलकाे ठक्करबाट गम्भीर घाइते बनेकि राेकाकाे उपचारकै क्रममा हिजो साझ साढे ६ बजेको समयमा बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएपछी मोटरसाइकल चालककी आमा मिनालाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य बहादुर रानाले बताए।
मोटरसाइकल चालकको लाइसेन्स नभएको र उक्त मोटरसाइकल लक्ष्मणकी आमा मिनाको नाममा दर्ता रहेकाले लाइसेन्स नभएका छोरालाई मोटरसाइकल चलाउन दिएको आरोपमा उनलाई पनि पक्राउ गरेकाे प्रहरी निरीक्षक रानाले बताए।
पक्राउ परेका आमाछोरालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरेर इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कानुनी व्यवस्था के छ ?
चालक अनुमतिपत्र लाइसेन्स नभएको व्यक्तिले सवारीसाधन चलाउदा कसैकाे ज्यान लिन्छ भने फौजदारी अभियोगमा ज्यान मार्ने कसुर भनेर सिधा बुझिन्छ त्यहि अन्तर्गत फौजदारी संहिता, २०७४ को दफा १७७ अनुसार, कसैको ज्यान जानु लापरवाहीका कारण ठहरिएका त्यस्तो अवस्थामा घटनाकाे प्रकृति र अनुसन्धानबाट दाेषि सावित भएको खण्डमा कम्तीमा १ वर्ष देखि ७ वर्षसम्म कैद, जरिवाना वा दुवै सजाय हुनसक्ने अधिवक्ता टेक नारायण रिजालले जनसहारासंग बताए।
जनसहारा संग कुरा गर्दै उनले भने -` जसले आफ्नो नाममा भएको सवारीधनीले चालक अनुमतिपत्र लाइसेन्स नभएकोलाई सवारी चलाउन दियो भने लापरवाहीपूर्ण व्यवहार र मिलेमताेकाे रुपमा कानुनले लिने गर्छ। यदि सवारीधनीलाई चालक अनुमति पत्र लाइसेन्स छैन तर पनि उसलाई थाहा पाएर पनि गाडी चलाउन दियो भने त्यो लापरवाहीपूर्ण र आपराधिक कार्यमा सहभागी भएको भनेर कानुनले मान्ने गर्छ।´
त्यस्ता सवारी धनीमाथि सह-प्रत्याशीको रूपमा अभियोग लाग्न सक्छ। सवारी ऐन, दफा १६३ (सवारीधनीको कर्तव्य) अनुसार, सवारीधनीले अनुमति नपाएका व्यक्तिलाई गाडी चलाउन दिनु गैरकानुनी मानिन्छ। त्यस्ता सवारीधनीलाई अधिकतम १ वर्ष कैद र जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।