कात्तिक १६ नेपालगन्ज – बिहानै नेपालगंन्ज विमानस्थलमा जहाज दुर्घटनामा परेकाे छ। सीता एयरको जहाज आज बिहान बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको नेपालगन्ज विमानस्थल कार्यालयले बताएको छ।

नेपालगञ्ज विमानस्थलको धावनमार्गमा हुम्लाको सिमिकोट उड्ने क्रममा उक्त जहाज बँदेलसँग ठोकिएको हो। दुर्घटनामा मानवीय क्षति भने भएको छैन। जहाजकाे अगाडिको र पछाडिको टायरको बीच भागमा प्वाल परी केही क्षति भएकाे छ।

दुर्घटना हुँदा अहिले तत्कालका लागि विमानस्थल बन्द गरिएको छ। दुर्घटना ग्रस्त जहाजको व्यवस्थापन पछि विमानस्थल छिट्टै संचालन गर्ने नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार