कात्तिक ३ सल्यान – धारिलो हतियार (बसुलो) प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

कुमाख गाउँपालिका‐५ तिमिलेका ४७ वर्षिय कबिराम खड्काले ४२ वर्षिय श्रीमती कली खडकाको धारिलो हतियार (बसुलो) प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।

अत्यधिक मदिरा सेवन गरेका खड्काले मङगलबार राति करिब ११:१५ बजेतिर घरायसी विवाद हुँदा बसुलाले टाउको र घाटीमा प्रहार गरेर हत्या गरेका थिए। घटनाबारे स्थानीयले इलाका प्रहरी कार्यालय रागेचौरमा खबर गरेपछि प्रहरी नायब निरीक्षक ऋृषिराम दाहालकाे नेतृत्वमा खटिएको प्रहरी टाेली घटनास्थल पुगेर अभियुक्त कबिरामलाई नियन्त्रणमा लिएकाे हाे। घटनास्थलमा प्रहरी पुग्दा श्रीमती कलीकाे मृत्यु भइसकेको प्रहरीले बताएको छ।

थप अनुसन्धानका लागि ५ जनाकाे नेतृत्व गरि घटनास्थल पुगेका सुचना अधिकारी पौडेलले जनसहारा अनलाइन संग भने;`म अहिले घटनास्थलबाट फर्कने तयारीमा छु।´`शवकाे पाेष्टमार्टमका लागि जिल्ला अस्पताल लिने तयारी भएकाे छ। अभियुक्त नियन्त्रणमा छन।´`थप अनुसन्धान भइरहेकाे छ।´

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार