कात्तिक ३ राेल्पा – गाई काटेकाे अभियाेगमा १३ जनालाई राेल्पा प्रहरीले पक्राउ गरेकाे छ।

जिल्लाकाे रुन्टीगढी गाउँपालिका वडा नम्बर १ लापालमा मङगलबार बेलुका करिब ५ बजेकाे समयमा गाई काटि रहेकाे भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हाेलेरीबाट प्रहरी निरीक्षक जिबराज थापाको नेतृत्वमा खटिएको प्रहरी टाेलीले ३ पुरुष र १० महिला गरि १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

गाई काटि सकेर भागबन्डा गरिरहेकाे करिब ८० किलाे मासु सहित रुन्टीगढी गाउँपालिका १ राम्लीका ५० वर्षिय चन्द्रलाल राना , २० वर्षिय आकाश घर्तिमगर, वर्ष २० कै लाल बहादुर पुन सहित अन्य १० जना महिलाहरु पक्राउ परेका छन। पक्राउ पर्ने १३ जना रुन्टीगढी गाउँपालिका १ राम्लीका स्थानीय रहेका छन। बरामद गरिएको मासुकाे जनप्रतिनिधिकाे राेहवरमा ल्याब परीक्षण गर्ने तयारी भएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जनसहारा अनलाइन संग बताए।

पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ बमाेजिम पशु सम्बन्धी कसुरमा व्यवस्था भए बमोजिम कानुनी कारबाहीको प्रक्रिया शुरु गरिएको छ। साे अनुसार गोबध गर्नेलाई तिन वर्ष सम्म कैद हुन सक्ने व्यवस्था रहेकाे डिएसपी सुवेदीले बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार