भदौ २१ काठमाडौ – नक्कली सिआईबीकाे इन्सपेक्टर पक्राउ परेका छन।

कोहलपुर नगरपालिका-११ बसपार्क क्षेत्रमा रहेका होटल तथा पसलहरूमा गई आफू सिआईबीको ईन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै हिँडेको अभियोगमा सल्यान दार्मा गाउँपालिका-२ बस्ने ३२ वर्षीय दिपेन्द्र रोकायलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे।

उनले होटल तथा पसलहरूमा धम्क्याउँदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिईरहेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार