भदौ १ काठमाडौ – अफगानिस्तानबाट विभिन्न कुटनैतिक पहल मार्फत अमेरिका र बेलायतले ५४६ जना नेपालीको उद्दार गरिएको छ। एकजना महिला सहित १२७ जना नेपाली भने काठमाडौं आइपुगेका छन्।
अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। जजिरा एयरलाइन्समार्फत् आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्। काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो। उनीहरूको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए।
४५९ लाई दोहा र ८७ जनालाई अफगानिस्तानबाट उद्दार गरि बेलायत पुर्याइएकाे छ। त्यसैगरी ४३७ जना अफगानिस्तानकाे राजधानी काबुल विमानस्थलमा उद्धारको प्रतीक्षामा रहेका छन।
काबुलको ग्रिन जोनभित्र रहेको कूटनीतिक क्षेत्रबाट ल्याई हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलस्थित अमेरिकी सैन्य बेसक्याम्पमा राखिएका नेपालीलाई आइतबार र सोमबार उद्धार गरिएको हो । अमेरिकी सेनाको विमानबाट अमेरिकी दूतावासको सुरक्षामा तैनाथ ३ सय ८५ जना र युरोपियन युनियन डेलिगेट्समा खटिएका ७४ जना नेपालीलाई दोहास्थित अमेरिकी बेसक्याम्पमा लगेर राखिएको बताएको छ।