२५० करोड हिनामिना गरि पक्राउ परेका कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर राय राजनितीक संग जाेडिएका व्यक्ति हुन।

उनकाे राजनिती यात्रा हेर्दा एउटै दलमा अडिग नभएर अवसर आउदा पार्टी परिवर्तन गर्दै मौकाकाे फाइदा उठाउदै फेरि पार्टी परित्याग गर्दै गरेको उनकाे राजनितीक चरित्र छ। यति गरिरहदा उनी जुन पार्टीमा गए पनि पार्टीको उच्च पद र पहुँचमा भने सधै रहे।

रायले आफ्नो राजनितिक यात्राको सुरुवात तत्कालिन तराई मधेष लोकतान्त्रीक पार्टी बाट गरे । तमलाेपाबाट समेत चुनावमा उम्मेदवार बनी असफल भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरि केन्द्रीय सह- महामन्त्री तथा केन्द्रीय कार्य सम्पादन समिति सदस्यमा रहे। २०७४ सालको निर्वाचनमा सल्यान प्रदेश सभा क्षेत्र नं २ बाट उम्मेदवार बने तर त्यहा पनि उनी असफल नै बने।

त्यसपछि २०७८ सम्म राप्रपा मै रहेका राय पछि नेकपा एमालेमा प्रवेश गरे लगत्तै २०७९ काे निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा सल्यान क्षेत्र नं १ बाट उम्मेदवार बने तर त्यहा पनि असफल बनेका थिए।

उनी अहिले बाँके बसे पनि उनकाे जन्म सल्यानकाे शारदा नगरपालिका -२ बयलडाँडामा भएकाले उनले पार्टी परिवर्तन गर्दै सधैं सल्यानलाई अवसरकै रुपमा प्रयाेग गरिरहे। यसरी पनि स्पष्ट हुन्छ उनि राजनीतिक रुपमा बलियो संग सुरक्षित छन।

बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार भएका थिए। रकम अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको बैंकको आन्तरिक छानबिनबाट खुलेको थियो ।

बैंक २०६० सालमा खुलेको थियाे। राय २०७६ देखि २०७९ सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए। हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा छ ।

हाल नेपालगन्ज उपमहानगरपालिका – २० बस्ने ६१ वर्षिय रायलाई रुपन्देहीको सिद्धार्थ नगरपालिका -१ बेहलिया नेपाल भारत सिमाबाट शनिबार पक्राउ गरिएको हाे।

अहिले उनी माथि बैंकिङ कसुर सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयका थप अनुसन्धान भइरहेको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार